काठमाडौं : राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ स्थिति बुझ्न स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छन्।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले उनलाई जानकारी गराएका थिए। आचार्य होसमा छन् र मान्छे चिन्छन्। राज्यमन्त्री कार्कीले उपचारमा कुनै कसर नराख्न भनेकी छन्।
‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अस्पतालका चिकित्सकहरूसँग भनिन् ।