एजेन्सी
अमेरिकाकाे क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ।

बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

बच्चाकी १७ वर्षकी आमाको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ।

एक हप्ताअघि पीडितको घरमा लागुऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो।