पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मार्टिनालाई घाँटी र स्तनको क्यान्सर
एजेन्सी : पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मार्टिना नभ्राटिलोभाले आफूलाई घाँटी र स्तन दुवैको क्यान्सर भएको जानकारी दिएकी छन्।
६६ वर्षीया मार्टिनाले दुवै क्यान्सर सुरुवाती चरणमा रहेको उल्लेख गरिन्। अमेरिकाको न्युयोर्कमा यो महिनाको अन्त्यदेखि उपचार सुरु हुने पनि उनको भनाइछ।
१८ पटककी ग्रान्डस्लाम विजेता मार्टिना विश्व टेनिसकी उत्कृष्ट खेलाडीमा पर्छिन्। यसअघि उनलाई सन् २०१० मा पनि स्तन क्यान्सर भएको थियो।
चेक रिपब्लिकमा जन्मिएकी मार्टिना सन १९८१ मा अमेरिकी नागरिक बनेकी थिइन्।
एकल र डबल गरी कुल ५९ ग्रान्डस्लाम विजेता मार्टिनाले यसअघि क्यान्सर हुँदा आफू लाचार भएको पनि उल्लेख गरिन्। उनले आममानिसका लागि जनचेतना फैलाउने उद्देश्यले यो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे जानकारी दिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























