Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण : रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव


आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण : रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव

एजेन्सी

आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो ।

रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ ले यसवर्ष विश्व अर्थतन्त्रको वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको थियो । यो वर्षको अन्त्यसम्म आइपुग्दा आर्थिक वृद्धिदर त्यो भन्दा पनि कम देखिएको छ ।

अर्थतन्त्रमा सङ्कुचन देखिएपछि उपभोक्ताको क्रयशक्ति घट्ने, क्रयशक्ति घट्दा माग घट्ने र माग घट्दा मूल्य पनि घट्ने अर्थतन्त्रको खुला बजार सिद्धान्तभन्दा फरक परिदृश्य यस वर्ष देखिएका छन् । अर्थात् क्रयशक्ति र माग घट्दा पनि मूल्य भने बढिरह्यो । विश्व अर्थतन्त्रमा सन् २०२२ मा पछिल्लो चार दशकयताको उच्च मुद्रास्फीति देखियो । यसका पछाडि धेरैवटा कारण जोडिन्छन् । युरोप, चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका देशलाई ऊर्जा सङ्कटले पिरोल्यो ।

रासायनिक मल अभाव र खाद्य आपूर्ति शृङ्खलामा गम्भीर असर उत्पन्न भयो । यस वर्ष विश्व मुद्रास्फीति दर आठ दशमलव आठ प्रतिशत कायम हुने आईएमएफको प्रक्षेपण छ । सन् २०२३ मा भने त्यो घटेर ६ दशमलव पाँच प्रतिशत कायम हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति शृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढेको छ । सन् २०२२ मा दक्षिण एसियाली देश श्रीलङ्का आर्थिक रुपमा कमजोर हुँदा राष्ट्राध्यक्ष र सरकार प्रमुखले पद नै त्याग गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गएको अक्टोबरमा सार्वजनिक गरेको ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ले २०२२ मा विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतमा खुम्चने अनुमान गरेको छ । यो सूचक २०२३ मा झन् खस्केर २ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान आईएमएफको छ ।

‘प्रजेक्ट सिन्डिकेट डटओआरजी’ले डिसेम्बर २ मा प्रकाशन गरेको ‘द अन अभइडेबल क्र्याइस’ शीर्षकको ‘रिपोर्ट’ले सन् २०२२ मा विश्व अर्थतन्त्रले पछिल्लो ५० वर्षयताकै खराब अवस्थाको सामना गर्नुपरेको उल्लेख गरेको छ । अहिले देखिएको जस्तो एकैपटक न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको स्थिति सन् १९७० को आर्थिक मन्दीयताकै पहिलो रहेको रिपोर्टमा उल्लेख छ । विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र युरोपेली सङ्घमा आबद्ध देश पनि यसबाट अछुतो रहेनन्।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय

पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

ताजा समाचार

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline