लगातार चौथो जितको खोजीमा लुम्बिनी
काठमाडौं : नेपाल टी– २० लिगमा आज पनि दुई खेल हुँदैछन्।
आजको पहिलो खेलमा लगातार चौथो जितको खोजीमा रहेको लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्दैछन्। बिहानको ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछन्।
यी दुईबीच यस अघि भएको खेलमा लुम्बिनीले ६७ रनको सहज जित हात पारेको थियो। अपराजित लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराउँदा तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि तीन विकेटको जित हात पारेको थियो।
फार वेस्ट दोस्रो जितको खोजीमा छ। उसले यस अघि काठमाडौं नाइट्सलाई चार विकेटले हराएको थियो।
यस्तै आजै हुने अर्को खेलमा विराटनगर र पोखरा आमनेसामने हुनेछन्। यो खेल नेपाली समयअनुसार दिउँसो एक बजेपछि सुरु हुनेछ। दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















