सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा
एजेन्सी
स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको स्टेडियम ९७४ मा गएराति भएको खेलमा सर्बियालाई ३–२ले हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको हो ।
खेलको २० औँ मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाए। २६ औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए।
३५ औँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। ४४ औँ मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २–२ को बराबरीमा ल्याए। ४८ औँ मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ३–२ को जित दिलाए।
यससँगै तीन खेलमा ६ अंक जोडेर स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। तीन खेलमा १ अंक जोडेर सर्बिया बाहिरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















