एजेन्सी
विश्वकप फुटबलमा साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित भएको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा बुधबार राति सम्पन्न खेलमा फ्रान्सलाई ट्युनिसियाले १–० गोल अन्तरले हराएको हो।

ट्युनिसियाका वाह्बी खाज्रीले ५८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

खेलको इन्जुरी समयमा ‘सब्सिच्युड’का रूपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरे पनि भीएआरले ‘अफसाइड’ देखायो। त्यसैले उनको गोलले मान्यता पाएन।

समूह चरणको अन्तिम खेलमा पराजित भए पनि फ्रान्स समूह विजेताको रूपमा नकआउट चरणमा पुगेको छ। समूह ‘डी को फ्रान्सले ३ खेलमा ६ अंक जोडेको छ।

३ खेलमा ४ अंक बनाएर ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।