सविता गुप्ता ,कपिलवस्तु
बाजेको पालादेखि खेती किसानी मुख्य पेशा रहेका ओमप्रकाश हरिजन आफैले खेती गर्न थालेको २५ बर्ष भयो। उनी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १० का किसान हुन्। ओमप्रकाश पहिला बिषादी रहित खेती गर्थे तर खेती गर्न पनि महंगो, उत्पादन पनि कम हुने र उत्पादित बस्तु महंगोमा बजार नजानेहुदाँ उनी अहिले प्रविधिमा आधारित खेतीतर्फ आकर्षित भएका छन्। बोटविरुवामा बिषादी प्रयोग गर्छन्। जसले गर्दा किरा लाग्दैन। अन्न राम्रो फल्छ। आम्दानी बढ्छ।

ओमप्रकाश भन्छन्, ‘पहिला हामी प्रम्परगत रुपले खेती गर्थ्यौ। तर खासै उपलब्धी थिएन। त्यसैले आहिले विभिन्न किसिमको प्रविधि तथा विषादीको प्रयोग गर्छु । आम्दनी मनग्य गर्न सफल भएका छौँ।’
उनलाई थाहा छ विषादी विष हो औषधि होइन । भन्छन्, ‘तर प्रम्परागत खेतीले रासायनिक मल तथा किरा मार्ने बिषादी प्रयोग नगरेर के गर्ने ?’ उनले भने ! ओमप्रकाश विगतमा प्रम्परागत तरिकले खेती गर्थे । घरमा भएको प्रंगारिक मलहरु प्रयोग गर्थे तर त्यसबाट आम्दानी भएन।
हिजोआज बजारमा कृषि कार्यका लागि विभिन्न किसिमको प्रविधिहरु सहज रुपमा पाइन्छ। रासयनिक मल पाइन्छ। यसको प्रयोग गर्न थालेपछी बार्षिक रुपमा ८ देखि १० लाखसम्म आम्दानी हुने गरेको बुद्धभुमि नगरपलिकाका कृषक शिवमिलन तेलीले बताउँछन । तेलीका अनुसार खेतीबाट राम्रो आम्दानी हुदाँ घरको आर्थिक अवस्था सुध्रिएको छ । बालबच्चा पढाउन सजिलो भएको छ । परिवारको समग्रस्तरमा सुधार भएको छ।

बुद्धभुमी पालिक भित्र धेरै ठाउँमा अहिले बिषादीले मानव जीवनमा असर गर्छ भन्ने थाहा हुदाँहुदै पनि उत्पादन र आम्दानीको लोभमा रासायनिक मल तथा बिषादी प्रयोग गरेर खेती गर्नुपरेको नगरिक अगुवा तुलसीराम यादवको भनाई छ । बुद्धभुमि नगरपलिकामा रहेको रामघाट तरकारी संकालन केन्द्रका अध्यक्षा बहरैची केवटका अनुसार कृषीकर्म बाहेक दैनिक जीवन चलाउन सम्भव छैन। प्रांगारिक मल प्रयोग तथा परम्परागत तरिकाले खेती गर्दा लगानी पनि धेरै हुन्छ। यसरी उत्पादित कृषी उत्पादन तुलनतात्मक रुपमा महंगो पनि हुन्छ। महंगो भएपछी बजार पनि प्रयाप्त पाइन्न। नभएको कृषक रासयनिक खेती तर्फ आकर्षित हुने गरेका हुन्।

रासायिक मल तथा बिषादी प्रयोग गरेर उत्पादन भएको कृषी उत्पादन र परम्परागत तथा आर्गनिक बिधिबाट उत्पादित कृषी उत्पादनको बजार मुल्यको तुलनात्मक चार्ट टेवल
स्रोत: रामघाट तरकारी संकलन कृषी सहाकारी, बुद्दभुमी, कपीलबस्तु
तथ्यांक कार्यालय कपिलवस्तुका अनुसार नेपालमा ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन्। देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगेटेको छ। वि.सं. २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारको प्रमुख पेशा कृषी रहेको छ। वि.सं.२०७८ सालमा भएको कृषि गणना प्राम्भिक प्रतिवेदन नआएको तथ्यांक कार्यालय कपिलवस्तुका अधिकृत नन्दलाल कुर्मी बताउँछन्।

कपिलवस्तु जिल्लामा कृषीमा प्रत्यक्षरुपले आश्रित कृषक परिवार संख्या ६१ हजर ५ सय ७४ रहेका कृषि ज्ञान केन्द्र कपिलवस्तुको तथ्यंक मा उलेख रहेको छ। यो जिल्लामा धान, गैहुँ, मकै, जौ, मसुरो, चना, केराउ, मास, रहर, तोरी, आलस, सूर्यमुखी तथा बदाम लगायतको खेती गरिन्छ।
यो जिल्लामा लगाइने तरकारी बालीहरुमा काउली, बन्दा, काक्रो, तरबुजा, गाजर, खुर्सानी, गोलभेडा, करेला, पालँगो, प्याज, फर्सी, बकुल्ला, बोडी, ब्रोकाउली, भन्टा, भेडेखुर्सानी, मूला, भिण्डी, रायो, लौका, सलगम, सिमी पर्दछन् । यि तरकारी खेतीका लागि पनि कपिलवस्तु जिल्ला आगडी रहेको छ ।

जिल्लाको बुद्धभुमि नगरपालिको वडा नम्बर १० र कपिलबस्तु नगरपालिकाको वडा नम्बर ११ मा हरियो तरकारी उत्पादन अन्यत्रभन्दा बढी हुने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्रनाथ चौबे ले बताउछन् ।
आजभोलि प्रम्परागत कृषी कमै मात्रमा भइरहेको कृषी ज्ञान केन्द्र कपिलवस्तुका प्रमुखका रविन्द्रनाथ चौबेःबताउँछन्। चौबेका अनुसार किसानहरुलाई अर्गानीक कृषि उत्पादन तर्फ आकर्षित गर्न कृषी ज्ञान केन्द्रले विभिन्न किसिमको योजनाहरुमा जोड दिएको छ ।
रासयनिक मल तथा बिषादी प्रयोग गरी उत्पादन गरेको वस्तुहरु दैनिक उपभोग गर्दा शरीरमा विभिन्न किसिमको रोगव्यधि देखा पर्न सक्छन् । शरीरमा तत्तकल र दृर्घकलीन रुपमा असारहरु हुने गर्दाछ। तत्काल पेट दुख्ने, झाडापखाला हुने लगायत रोग देखा पर्छ भने मुटु रोग, गर्वधारणमा समस्या, गर्भवती महिलाहरुबाट जन्मेने बच्चाहरुमा कुपोषण रोगहरु देखपरिरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु तौलिहवाका हेल्थ एसिसटेन्ट डां उमेश घिमिरे बताउनु हुन्छ।

कपिलवस्तु जिल्लामा कृषी उत्पादनमा खैरा र सिन्दुरे रोग बढी लाग्छ। साथै जरा कुहिने र डढुवा पनि लाग्ने गर्छ। साथै जिल्ला भित्र फट्याङग्रा फड्के, गवारो, फौजी किरा, पतेरो, लाहीकिरा, झुसिलेकिरा, धमिरा प्रमुख किराहरु खेतीपातीमा देख्ने गरेको कृषी ज्ञान केन्द्रका प्रमुख चौबेले बताउनु भयो।

वहाँका अनुसार किसानहरु यिनै रोग नियन्त्रण गर्न तथा किराहरु मार्नका लागि प्राणीनाशक विषादी प्रयोग गर्छन्। तर विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीमा कम ध्यान दिन्छन्। जसले गर्दा बिषादी प्रयोग गर्दा समेत किसानहरुलाई बिभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ।
जिल्लामा पहिला पनि मोनोक्रोथफोस, सल्फास, इन्डोसल्फास, फोरेट, डाइक्लोभस, डि.डि.टी., अल्ड्रिन, एल्ड्रिन, मालाथिएन, कार्वोफ्यूरान जस्ता कडा खालाको बिषादीहरु खेतीपातीमा प्रयोग भइरहेको थियो । यस्ता कडा खालको बिषादीले मानवहरु तथा पशुपंक्षिमा असर गर्नुको साथै वातावारणमा असर धेरै गर्ने भएकोले नेपाल सरकारले त्यसलाई बन्द गरेको छ। विगत १८ बर्षदेखि मौर्या सिड स्टोर एण्ड एग्रोभेट तौलिहवाका संचालक जगदीश मुराउका अनुसार अहिले सइपरमेथारिन, क्लोरोपाइरीफोस, अल्फामेथरीन, इमेक्टिन वेन्जाष्ट, इमिडक्लोरोफिड, सईपर, रोगार, कोबराजस्ता बिषादीहरु कृषकहरुले बढी प्रयोग गरिरहेका छन्।