एमालेको बढ्दो आकर्षणले वडा अध्यक्षका उमेदवार एमालेमा समाहित।
कमल बिष्ट, कपिलवस्तु । गत स्थानीय तह निर्वाचनमा जसपा बाट कपिलवस्तुको शिवराज नगरपालिका १ नम्बर वडाका लागि वडा अध्यक्षका उमेदवार फेरु थारू नेकपा एमालेमा समाहित भएका छन् , मुलुकको विकास र स्थायित्वका लागि एमाले निर्विकल्प पार्टी बन्दै गएको भन्दै नेता थारुले अब एमालेमा समाहित भएर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा होमिएको बताए।
उनलाई नी वर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमाले प्रदेशसभा कपिलवस्तु ३(१) का उमेदवार अर्जुनकुमार केसी, निर्वाचन परिचालन शिवराजका नगर इन्चार्ज तथा एमाले नगर उपाध्यक्ष महादेव पोख्रेल, जिल्ला कमिटी सदस्य गणेश केसी र एमाले नेता वीरेन्द्र केसीले पार्टीमा स्वागत गरेको नगर इन्चार्ज पोख्रेलले जानकारी गराए, गत स्थानीय तह निर्वाचनमा व्यक्तिगत प्रभावका कारण ३८५ मत प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















