दिपक भण्डारी विजयनगर।। कपिलवस्तुको विजयनगर गाउँपालिकामा खानेपानी सरसफाई सम्बन्धी वृहत भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा नं ७ को आयोजना र इलाका प्रहरी कार्यालय गणेशपुरको समन्वयमा “मेरो वडा मेरो काम सरसफाई गर्ने मेरो पहिलो अभियान” भन्ने मुल नाराका साथ लौटन राम द्रौपदीदेवि मावि गणेशपुरमा आज सम्पन्न भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विगतदेखि खुला दिसामुक्त घोषणाका कार्यक्रमहरु संचालन गर्दै आएको भएता पनि परम्परागत रुपमा स्थापित रुढीवादी संस्कार, सरसफाइले स्वास्थ्यमा पु¥याउने सकारात्मक प्रभाव प्रतिको सचेतनाको अभाव, आवश्यक पुर्वाधारहरुको कमी, हेलचक्र्याईले स्वस्थकर बानी ब्यवहार विकास गर्ने कार्य चुनौतीपूर्ण बनेको बताउनु भयो । वातावरण स्वच्छ राख्न सवैको महत्वपूर्ण जिम्मेवारी हुनुको साथै समाजमा जनचेतनाको समेत खाँचो रहेको थापाको भनाई रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मानिसको स्वास्थ्य र दैनिक जीवनयापनसंग सरसफाइ को प्रत्यक्ष सम्बन्ध रही आएको बताउनु भयो । सरसफाइ सुविधाको समुचित विकास तथा विस्तारबाट आम मानिसको स्वास्थ्यमा सकारात्मक प्रभावहुने हुँदा वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार गर्नसकिने वहाको भनाई थियो । आगामी दिनमा खुला दिसामुक्त घोषणा कार्यक्रमको दिगोपना कायम गर्ने , सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहार विकास, घरायसी तथा संस्थागत तहमा सरसफाइ र स्वच्छताका लागी आवस्यक सामग्री हरुको समुचित प्रयोग, सुरक्षित खानेपानीको सेवा सुनिश्चिता, घरायसी तथा संस्थागत तहमा पानी शुद्धिकरणको प्रवद्र्धर्ने, पोखरी तथा साना जलाशय र खोला खोल्साहरुको संरक्षण गरी स्वच्छता तथा सुन्दरता कायम राख्ने योजना समेत रहेको चौधरीको भनाई रहेको थियो ।


यसैगरी कार्यक्रम लाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले आफनो घरभित्र बाहिर, बाटो घाटो धारा कुवा पाटी पौवा बिद्यालय हाता सफा राख्न सबैको इच्छा शक्ति हुनुपर्नेमा जोड दिनुभयो । सरसफाइ समुदायको पनि दायित्व हो किनकि पालिकाले मात्रै चाहेर सबै जिम्मेवारी पुरा हुदैन त्यैसेले सवैले आ आफ्नो ठाउँ वाट जागरुक हुदै यो अभियान सफल पार्नुे वहाको भनाई थियो ।

त्यसैगरी वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले कार्यक्रमलाई सफल पार्न आम नागरीक आफै सचेत भई फोहोरलाई आफैले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । फोहोरलाई सडक पेटीमा फाल्न तथा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री बाटोमा राख्न नहुने, वस्तुभाउ बाटोेमा बाध्न नहुने, खुला सौच गर्न नहुने त्यस्ता कार्य गरेमा घरधनीलाई नियमानुसार कारवाही गर्ने चौधरी बताउनु भयो । कार्यक्रममा १० बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराईएको थियो । चौधरीले प्रजेक्टर मार्फत विभिन्न सन्देश हरु सहितका भिडियो देखाउदै सहजिकरण समेत गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक, प्रहरी, स्वास्थ्यकर्मी, स्वयंसेविका, कर्मचारी सामजसेवि बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रेमकुमारी पाठकले गर्नु भएको थियो भने संचालन अर्जुन बेल्बासेले गर्नु भएको थियो ।

प्रतिबद्धता पत्र