पाल्पा – रुखबाट खसेर पाल्पामा एक जना युवाको ज्यान गएको छ ।

अरिङ्गाल पोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका-२ हापुरेका ३० वर्षीय विष्णुबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको तारे जङ्गलमा छिमेकी पूर्णबहादुर राना र विष्णु अरिङ्गाल पोल्न रुखमा चढेका थिए ।

रुखबाट खसेका सारुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइए पनि उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।