खेलाडीलाई ओलीको शुभकामना, रंगशालामा आउन नपाए पनि खेल हेर्छु
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिएका छन्।
आजबाट औपचारिक उदघाटन हुन लागेको खेलको शुभकामना दिँदै उनले प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपछि खेलाडीहरुका खेल हेर्ने बताएका हुन्।




















