सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाण्डाै – हिजो घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।




















