चन्द्रौटा उद्योग वाणिज्य संघले दमकल व्यवस्थापनमा शिवराज नगरपालिका गैरजिम्मेवार भएको बताएको छ । असोज २२ गते राती करिब ८ बजे कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका व्यवसायी कलाम राइनीको घरमा रहेको फलफूल गोदाममा भएको आगलागी हुँदा समयमा दमकल नपुग्दा लाखौँ धनमाल जलेर नष्ट भएको जनाएको छ।

संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयको हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै पाँच सय मिटरको दुरीमा रहेको शिवराज नगरपालिकाको दमकल नआएपछि २० किलोमिटरको दुरीमा रहेको कृष्णनगर नगरपालिकाको दमकल आई आगो नियन्त्रणमा लिएको बताएको छ । नगरपालिकाले अतिसंवेदनसिल मानिने दमकल जस्तो साधन गैर जिम्मेवार पुर्ण तथा व्यवस्थापन फितलो भएको जनाएको छ । नगरपालिकाले यस्तो कमी कमजोरीलाई सच्चाई सहज रूपमा छिटोछरितो सेवा प्रवाह गर्न चन्द्रौटा उद्योग वाणिज्य सङ्घ जोडदार माग गरेको उल्लेख गरिएको छ ।