एजेन्सी
रुसले युक्रेनको जापोरिजिया क्षेत्रमा मिसाइल प्रहार गरेको छ। रुसले जापोरिजियामा रहेको भवन र पूर्वाधारमा मिसाइल आक्रमण गरेको हो।

घटनास्थलमा तीनवटा शव फेला पारेका छन्। मिसाइल प्रहारबाट कम्तीमा ४० अपार्टमेन्ट र ११ वटा निजी घरमा क्षति पुगेको जापोरिजिया नगर परिषद्ले जनाएको छ।

घटनापश्चात् उद्धारकर्मीले भग्नावशेषमा फसेकाहरूको​ खोजी कार्य जारी राखेको बीबीसीले जनाएको छ।

मानिसको खोजीका लागि स्निफर कुकुर पनि तैनाथ गरिएको छ। जापोरिजियामा एस–३०० एयर डिफेन्स सिस्टमबाट थप विकसित मिसाइलले आक्रमण गरिएको अधिकारीहरूले बताएका छन्।