जुम्ला – जुम्लामा स्याउ बाेकेकाे ट्रक गएराति दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

जुम्लाकाे कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेकाे वाग्मति प्रदेश-०३-००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका-१ आचार्य लिहीकाे बझाङे खोलामा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाकाे ज्यान गएकाे छ ।

यस्तै सहचालक मकवानपुरकै हरि न्याैपाने घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयाे ।