सडकमा पैदलयात्रीको पहिलो अधिकार : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सडकमा पहिलो अधिकार पैदलयात्रीको हुने बताएका छन् ।
महानगरले पछिल्लो समय खाली गरिरहेको फुटपाथको प्रसँग निकाल्दै उनले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति अनुसार काम गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै बालेनले बजेटमा ‘फुटपाथमा मानव आवत जावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने’भन्ने व्यवस्थालाई कार्यान्वयन गराउन सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।




















