विजयनगर।। कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ सय ४ ओटा पक्की शौचालय निमार्ण गरेको छ । संघीय सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत पक्की शौचालय निमार्ण गरिएको गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको बताउँदै पक्की शौचालय निमार्ण गरि शौचालयको प्रयोगलाई निरन्तरता दिएको बताउनुभयो । उनले सबै वडामा निमार्ण गरिएको ५ सय ४ ओटा पक्की शौचालयको अनुगमन गरिएको बताउनुभयो । गरिब तथा विपन्नका परिवालाई पूर्ण सरसफाईका लागि शौचालय निर्माण गरिएको थापाले बताउनुभयो ।

अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडानं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, वडा नं ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नं ३ का वडा अध्यक्ष हृदय विकास चौधरी वडा नं ६ का वडा अध्यक्ष प्रेम कलवार लगायतले अनुगमन गर्नु भएको थियो।

ठेक्का पाएका शिर्जना अभिशा जेभी कन्ट्रक्श्नले २ करोड ८ लाखको लागतमा शौचालय निर्माण गरिएको कन्ट्रक्श्नल सञ्चालक सुबोध पाण्डेले जानकारी दिनुभयो ।