कृष्ण पौडेल विजयनगर।।

कपिलवस्तुको बिजयनगर गाउँपालिकामा महिला तथा पुरुष फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । सुनौलो विहानी युवा क्लबको आयोजनामा सोमबार बाट फुटबल प्रतियोगिता सुरु भएको हो ।आउँदै गरेको वडा दशैं तिहार लगाएत नेपाली चाडपर्वहरुको अवसरमा फुटबल प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ।

बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले खेलको उद्वाट्न गर्दै खेल अनुशासन पुर्बक खेल्न आग्रह गर्नु भयो । खेलकुदको माघ्यम बाट गाउँपालिकालाइ राष्ट्रमा चिनाउन मद्दत पुग्ने भएको खेलकुदका लागि हरेक बर्ष गाउँपालिकाले बजेट बिनियोजन गरि खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताउनु भयो । खेलले ब्यतिलाइ अनुशासन सगै सामुहिक एकता सिकाउने भएकोले युवाहरु खेलकुद तर्फ आकर्सित गर्नु पर्ने अध्यक्ष थापाले बताउनु भयो । शारीरिक तन्दुरुस्तीका लागि पनि खेलकुद अनिवार्य रहेको थापाले बताउनु भयो ।

नेकपा एमाले केन्द्रिय सल्लाहकार मङल प्रसाद गुप्ताले खेलको माध्यमले देशलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन सकिने हुँदा हरेक स्थानिय तहले खेलकुदलाइ प्राथमिकतामा राखी प्रतियोगिता सन्चालन गर्नु पर्ने बताउनु भयो । खेलमा सहभागी हुने खेलाडी भोलि राष्ट्रिय स्तरको खेलाडी बन्न सक्ने बताउदै उहाले हरेक खेलाडिले नियम पुर्बक खेल खेल्नु पर्ने बताउनु भयो ।

रास्ट्रका लागी खेलकुद स्वास्थका लागि खेलकुद नारा नै भएको गाउँपालिकाले खेलकुदलाइ प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।

उद्घाटनमा बोल्दै राप्रपाका स्वास्थ्य विभागका केन्द्रीय सदस्य प्रकाश‌ राजौरियाले खेलाडीहरुलाइ शुभकामना दिदै कार्यक्रम मानव साधन संगै खेल क्षेत्रको जिम्मेवारी पनि स्थानिय तहको भएकाले प्रतेक बस्ती र वडा बाट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ खेलाडी राष्ट्रको गहना भएको भन्दै उनि हरुलाई सम्मान गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाका खेलाडीहरुलाइ पालिकाले उपेक्षा नगरी खेलकुदका सामाग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

 

खेलाडीलाई खेलको नियमानुसार अनुशासित पुर्बक खेल प्रदर्शन गर्न आयोजक सुनौलो बिहानी युवा क्लबका अध्यक्ष तारा बाहादुर थापाले आग्रह गर्नु भयो । गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिदै बजेट बिनियोजन गरेर खेलाडीलाई हौसला प्रदान गरेको थापाले गाउँपालिका धन्यवाद समेत दिनु भयो ।

कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश‌ सदस्य दिपक रजौरिया , वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरी राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिव दिपेन्द्र महरा , नेकपा एमाले विजयनगर गाउँ कमिटी सचिव गोविन्द सापकोटा अनेरास्ववियु विजयनगर कमिटीका अध्यक्ष श्री कृष्ण पौडेल लगायतले प्रतियोगितामा सहभागी टिमलाइ शुभकामना दिएका थिए । कार्यक्रम दिपेन्द्र महराले सन्चालन गरेका थिए ।