कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरको एक घरमा गए राती चोरी भएको छ । खरेन्द्रपुर हंसबाहिनी स्कुल नजिकै घर भएको सावित्रा तिवारीको घरबाट चोरले नगर र गरगहना चोरेर लगेको स्थानीयले बताएका छन ।

घरको दराजमा रहेको ३ लाख ५० हजार बराबरको गरगहना र नगद २६ हजार चोरी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

राति करिब १२ देखि ३ बजेको समयमा सुतिरहेको अवस्थामा घर पछाडीबाट पसि घरमा रहेको नगद र गरगहना चोरेर लगेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने गिरोहको खोजिकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताउनु भयो ।

चोरहरु सक्रिय भएकाले सजग रहन र केही सूचना पाए तत्काल प्रहरीलाई जानकारी दिन प्रहरी निरीक्षक शाहिले अनुरोध गर्नुभयो ।

कहि कतै कुनै घटना भए प्रहरी कार्यालयको सम्पर्क नम्बर १००, ०७६-५४०१९९ र ९८५७०५५४६६ मा जानकारी दिन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ ।

साभारः न्युज सेन्टर नेपाल-