कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बाट अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्यउदै गरेका कुखुराका चल्ला बरमद भएका छन । कृष्णनर नगरपालिका १२ हरिगवामा भारतिय सिमा नाका बाट अबैध रुपमा मानिसले बोकी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब एक लाख पचास हजार बराबरका कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरी चौकि बेदर्मीको प्रहरी टोलिले गस्ती गर्दै जाँदा उक्त ठाउँ बाट बोकेर ल्याउँदै गर्दा कुखुराका चल्ला बरामद गरेको भए पनि मानिस भने भारत तर्फ भागेको प्रहरीले जनाएको छ । बरामद गरीएको चल्ला लाई कृष्णनगर नगरपालिका १ स्थित सुरई खोलामा खाडल खनि पुरेर नष्ट गरीएको प्रहरीले जनाएको छ ।