यशोधरा गाउँ कमिटी मुक्ति समाजको बैठक सम्पन्न
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँ कमिटी मुक्ति समाजको बैठक तितिर्खामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज स्थायी कमिटी सदस्य एवम् प्रदेश सह इन्चार्ज सिबि गहतराजले शिक्षा नै परिवर्तनको वाहक भएकोले सबैले अनिवार्य शिक्षा हासिल गर्नुपर्ने बताउनु भएको छ ।
हरेक क्षेत्रमा पछाडि दलित समुदाय नै रहेकोेले शिक्षा बाट क्रान्ति गर्नु आवश्यक रहेकोे गहतराजले बताउनु भयो ।
विकासको गति नै दिने एमाले पार्टी नै रहेकोे प्रदेश सचिवालय सदस्य शान्ति हरिजनले बताउनु भयो ।
चुनावको बेला लालचमा नपरी आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान समेत कार्यकर्तालाई गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रदेश सदस्य बाबुराम खनालले सामाजिक सुरक्षा नेकपा एमाले नै सुरुवात गरेको आगामी दिनमा थप परिवर्तन गर्न चुनावमा पार्टीलाई बहुमतले जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मुक्ति समाज जिल्ला अध्यक्ष राम प्रकट कोरी यशोधरा गाउँ कमिटी अध्यक्ष हरम सरिफ मुसलमान, सचिव राजेन्द्र मौर्य, वडा अध्यक्ष अब्दुल कय्युम खानहरुले बैठकमा मन्तव्य राखेका थिए ।
बैठकले असोज १४ गते वडा १ को भेला गर्ने, कात्तिक १ गते चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने साथै कात्तिक मसान्तसम्म सबै वडामा कमिटी गठन गर्ने लगाएत महत्त्वपूर्ण निर्णय गरेको मुक्ति समाजले जनाएको छ ।
कार्यक्रममा गाउँकमिटी अध्यक्ष दिपेन्द्र रैदासको अध्यक्षता उपाध्यक्ष लक्ष्मी रैदासको स्वागत मन्तव्यमा नेकपा एमाले गाउँ कमिटी सदस्य पुन्नवासी कुर्मीको संचालनमा बैठक सम्पन्न भएको थियोे ।




















