दुधाधारी नमूना माध्यमिक विद्यालयको सामाजिक परिक्षण सम्पन्न ।
विजयनगर । कपिलवस्तुको दुधाधारी नमूना माध्यमिक विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को सामाजिक परिक्षण प्रगति प्रतिवेदन सदस्य सचिव मेघनाथ मौर्यले प्रस्तुत गर्नु भएको थियो ।
सामाजिक परिक्षणको मापदण्ड अनुसार प्राप्त अङ्काले विद्यालयले राम्रो स्थान हासिल गरेको सामाजिक परिक्षण समितिको संयोजक पुन्नवासी तेलीले बताउनु भयो । नितिगतमा रहेको हरेक सुचकमा विद्यालयले लक्ष्य भन्दा बढी काम गरेको बताउनु भयो ।
कार्यक्रममा अभिभावक बाट आएको सुझावलाई प्राथमिकतामा राखेर थप शैक्षिक कार्यक्रम बनाउने साथै विद्यालयले छोटाे समयमा हरेक विषयमा पढाई संचालक गरेकोले अगामी दिनमा उच्च शिक्षा अध्ययनको लागि व्यवस्थापन तथा संचालन गर्ने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम प्रकट कोरीले बताउनु भयो ।
कार्यक्रममा प्राविधिक उपसमिति संयोजक मधु पौडेल, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जग नारायण जैसवाल बरिस्ठ भुलन शाह, अभिभावकहरु,शिक्षकशिक्षिकाहरु,शिक्षा प्रेमी, स्थानीय ,समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेकोे थियो भने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीको स्वागत मन्तव्यमा शिक्षक लक्ष्मण चौहानको संचालनमा सम्पन्न भएको थियोे ।




















