कपिलवस्तुमा नगद साढे एक लाख बढी रकमसहित ४ जुवाडे प्रहरीको फन्दामा
कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ निवासी ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शनिबार साँझ उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपियाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान ताससहित पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




















