काठमाडौं : एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज चौंथो तथा अन्तिम खेल खेल्दैछ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ।

पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो। आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

समूह बी मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ। नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।