विजयनगर।। राष्ट्रिय बाल दिवस आज विजयनगर लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।”बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । सोही अवसरमा कपिलवस्तुको विजयनगरमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आज बिहान  राम नारायण मो. युसुफ प्रा.वि मा पनि  प्रभातफेरी कार्यक्रम निकालिएको प्रध्यानाध्यापक शिव कुमार कलवारले जानकारी दिनुभयो।

राम नारायण प्रा.वि बाट सुरु भएको प्रभातफेरी महिलवार पुगेर कोण सभामा परिणत भएको थियो । प्रभातफेरी पछिको कोणसभामा वडा नं ४का वडा सदस्य बादरु जमा खाँले बालअधिकारका क्षेत्रमा अझै पनि थुप्रै समस्याहरु रहेको बताए । ‘नेपालले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बाल महासन्धीमा विभिन्न प्रतिवद्धता जनाएपनि बालबालिकाले पाउनु पर्ने विभिन्न अधिकारहरु अझै पनि सुनिश्चित हुन नसकेको छैनन्’ उनले भने‘ पछिल्लो जल्दो बल्दो समस्याका रुपमा बाल विवाहलाई नै लिन सकिन्छ । बालबालिका तथा किशोर किशारीहरुलाई आफ्नो अधिकारको प्रत्याभूत गराउन र उनीहरुलाई चेतनशिल बनाउन राज्य मात्र नभई घरपरिवार, विद्यालय, समाज लगायत सम्वन्धित सबैको उत्तिकै महत्वूर्ण भूमिका रहने उनको भनाई थियो ।