कपिलवस्तु- शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई तौलिहवामा बाख्रा पालन तालिम र बितरण गरिएको छ । कोरियाको सिलोम सेन्टर फर ब्लाईन्डको आर्थिक सहयोगमा राष्ट्रिय अपांगता संघ नेपाल र राष्ट्रिय अपांगता संघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा ५ दिने तालिम संचालन गरिएको हो ।

सो अवसरमा तालिमको उदघाटन गर्दै कपिलवसतु नगरपालिकाका मेयर सुदीप पौडेलले अपांगता भएका ब्यक्तिहरुकालागि बाख्रा पालन र त्यस पछि बाख्रा बितरण गरिने कार्यक्रम आफैमा राम्रो भएको बताए । उनले आयआर्जनकालागि गरिएको यो कार्यक्रमले अपांता भएका ब्क्तिहरु लाभांवित हुने बताए ।

उनले बितरण गरिएको खसीको बिमा र खोर निर्माणमा नगरपालिकाले सहयोग गर्ने बताए । उनले नगरपालिकाले बिपन्न, अपांग पिछडा बर्गलाई लक्षित गरी बिपन्न कार्यक्रमहरु संचालन गरिने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्ब र ३ का वडाध्यक्ष प्रकाश गैरले तालिम संचालन गरिएको दृष्टिबिहनी संघको कार्यालयमा आउजाउ गर्न मिल्ने सडक निर्माण सहीत अन्य मागहरु समते पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले अपांग र दृष्टिबीहीन संघले नगरपालिका र वडा कार्यालय संग समन्वय गर्न आग्रह गरे । सो अवसरमा शारीरिक अपांगता संघ नेपालका अध्यक्ष किरन शिल्पकारले अपांगता भएका ब्क्तिहरुलाई आयआर्जन तर्फ उन्मुख गराउन यो कार्यक्रम संचालन गरिएको बताए ।उनले कार्यक्रमले शारीरिक अपांगता भएका ब्क्ति र परिवार लाभांवित हुने बताए ।

संघकी उपाध्यक्ष रमा ढकाल, सुशिला जिसि, दृष्टिबिहीन संघ कपिलवस्तुका अध्यक्ष गोपाल भुसाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । ५ दिने तालिम सकिए पछि सहभागी २० जनालाई बाख्रा किन्न २० हजारका दरले दिईने छ ।

सो रकमले बाख्रा किनेर घरमा पालेर आयआर्जन गर्ने गरी कार्यक्रम अघि बढाइने छ । बाख्रा पालन सम्बन्धी पुश बिज्ञ सुमन भट्टराईले तालिम दिईरहेका छन । यस्तै सिलोन सेन्टर फ ब्लाईन्डको सहयोगम असोज २ गते देखि २० जनाको सहभागीतामा ५ दिने बाख्रा पालन संचालन गरी बाख्रा बितरण गर्ने कार्यक्रम रहेको दृष्टिबिहीन संघका जिल्ला अध्यक्ष गोपाल भुसालले बताए ।