एन.एम.बि बैक द्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।
गोरुसिंगे , बिधालयमा अध्ययनरत बिधार्थीका लागी एकदिने बितिय साक्षरता कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बडा न. ९ मा रहेको शुद्धोदन जनजिवन माध्यामिक बिधालय जिनुवामा सम्पन्न भएको छ ।

शुद्धोदन जनजिवन मा.बि जिनुवामा कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना बालबालिकालाई एनएमबि बैक बनगाई शाखाको आयोजनामा बैकिग सम्वन्धि प्रशिक्षण दिईएको थियो ।
बित्तिय साक्षरता कार्यक्रममा बैकंले प्रदान गरिरहेको बिभिन्न बचत खाताहरुमा बालबचत खाता, स्मार्ट नारी बचत, कर्मचारीहरुका लागी तलव खाता,लगानी कर्ताहरुका लागी लगानी बचत खाता,बैदेसिक रोजगारी वाट आय हुनेहरुका परिवारका लागी रेमिटान्स बचत खाता तथा कर्जा खाताहरुमा बिधार्थीहरुले उच्च शिक्षा अध्ययनका लागी शैक्षिक कर्जा, साना ताथा मझौला ब्यवसाय संचालनका लागी ःक्ःभ् बलम क्ःभ् कर्जा कृर्षि कर्जा, महिलाहरुले संचालन गरेका ब्यवसाय प्रवर्दनका लागी अनुदानमा आधारीत महिला कर्जा बारेमा जानकारी दिईएको थियो ।
सहभागी बिधार्थीहरुलाई बैङ्कले संचालन गरेको मोवाईल बैङ्किग सेवा, at ईन्टरनेट बैङ्किग को माध्यम वाट दैनिक आर्थिक कारोवार गर्नका लागी घर परिवारका साथै समाजमा उत्प्रेरित गर्न सहभागी बिधार्थीहरु लाई एनएमबि बैक बनगाई शाखाका शाखा प्रमूख लाल बहादुर भण्डारीले जानकारी दिए ।
त्यसैगरी प्रशिक्षणमा हाल बिभिन्न Whatapp लगाएत बिभिन्न डिजिटल एप्सको माध्यम वाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोहले कतिपय ठाउमा सकृय रहेकोले मोवाईल बैङ्किग पासवर्ड सेयर नगर्न जानकारी दिईएको थियो ।
एनएमबि बैकं सन २०१७ देखी हाल सम्म चार पटक नेपालको उत्कृष्ट अवार्ड जित्न सफल बैङ्क हो । नेपालमा २०२ शाखा मार्फत सबै प्रदेशमा सेवा प्रदान गरिरहेको छ । यस बैङ्कले गत बर्ष एसियामा उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरेको थियो । कपिलवस्तुमा यस बैङ्कका ६ वटा शाखा रहेको छ ।
बनगाई शाखा बिगत १० बर्षदेखि स्थानिय स्तरमा रहेको बचतलाई परिचालन गरी स्थानिय ब्यापार लगाएत बिभिन्न किसिमका कर्जा सुबिधा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैदेशीक रोजगरीमा गएका ब्यक्तिहरुले बिभिन्न रेमिटान्स कम्पनी मार्फत पठाएको पैसा नगद तथा खातामा जम्मा गर्ने कार्य गरिरहेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























