विजयनगरमा परियोजनाको सिकाइ आदानप्रदान तथा अनुगमन
विजयनगर
कपिलवस्तुको विजयनगरमा परियोजनाको सिकाइ आदानप्रदान तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
माहुरी होम र UNPA VSO को साझेदारीमा संचालित बाल बिबाह अन्त्यको लागि किशोरी सशक्तीकरण परियोजना को आज अनुगमन गरिएको छ । परियोजनाको कार्यक्रम गाउँपालिकामा हप्ताको दुई दिन कक्षा संचालन हुँदै आएको छ । उक्त रुपान्तरण कक्षाले किशोरी सशक्तीकरण,बाल बिबाह न्यूनीकरण,विद्यालय छाडेर बसेकीलाई पुनः भर्ना गर्न,किशोरीलाई आत्मजागरण बनाउनुको साथै समाजमा रहेको कुरुतीलाई अन्त्य गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको फिल्ड सुपरवाइजर रिखिराम निगमले जानकारी दिनु भएको छ ।
गाउँपालिकामा संचालित रुपान्तरण कक्षा प्रत्येकमा २० जना किशोरी सहभागी हुदै आएका छन् । पालिका भरि ७ वटा शेसन मध्ये समुदायमा २ वटा पालिकाको वडा नं.७ गेडुवाजोत र मधनगरमा कक्षा सुरु भइरहेको छ भने विद्यालयको हकमा दुधाधारी नमूना मावि गुगौली, शिव मावि डालपुर,भुनेश्वरी मावि जगदीशपुर र मदरसा डगडाैवामा कक्षा संचालन भइरहेको बताइएको छ ।
शनिबार माहुरी होमको अध्यक्ष प्रेम जैसवाल विजयनगर सामाजिक विकास संयोजक दिनेश कुमार चौधरी, वडा नं.५ को अध्यक्ष अनवर मोहम्मद मुसलमान रेडियो विजयनगर प्रमुख राम प्रकट कोरी शिक्षा शाखा प्रतिनिधि दिपेन्द्र कोरी लगाएतको संयुक्त टोलिले पालिकामा संचालित विभिन्न ठाँउमा रुपान्तरण कक्षा शेसनको अनुगमन रहेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















