भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य, अगाडि सिटमा बस्ने सबैले बाँध्नुपर्ने
एजेन्सी । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको मन्त्री गडकरीले बताउनुभयो । भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीकाे गएकाे मङ्गलवार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उहाँको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा गरेको हो ।
कार दुर्घटनाका क्रममा मिस्त्री आफ्नो कारको चालकसँगैको सिटमा बस्नुभएको र उहाँले सिट बेल्ट नबाँध्नुभएको भारतीय प्रहरीले जनाएको छ । उहाँको पछि बसेका अरू व्यक्तिले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























