भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न प्रदान गरिने
काठमाडौं : नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी नी चिह्न प्रदान गरिँदैछ।
सोमबार दिउँसो ३ बजे शीतलनिवासमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछिन्।
नेपाली सेनाका अनुसार त्यसअघि पाण्डेले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
पाण्डेलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ। भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुने नेपाली सेनाले जनाएको छ।
पाँच सदस्यीय टोलीका साथ पाण्डे आइतबार नेपाल आइपुगेका हुन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















