एमालेबाट कपिलवस्तु क्षेत्र नं ३ को प्रदेश शभा क मा अर्जुन केसिको एकल नाम सिफारिस
कपिलवस्तु– नेकपा एमालेले कपिलवस्तु क्षेत्र नं ३ को प्रदेश शभा क मा जिल्ला कमिटि उप सचिव अर्जुन कुमार केसिको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि ३, प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) प्रदेश सभा निर्वाचन क्षेत्र ३ (ख) को संयुक्त वैठकले आगामि मंसिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको हो ।
यस्तै आज बसेको संयुक्त वैठकले प्रतिनिधि सभा ३ का लागि केन्द्रीय सल्लाहकार परिसद सदस्य मंगल गुप्ता र जिल्ला कमिटी सचिबालय सदस्य टोपलाल पोखरेलको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेश क्षेत्र नं ३ को ख का लागि भने छलफल चलिरहेको एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















