विजयनगरमा बाइक बाट खसेर एक जनाको मृत्यु ।।
विजयनगर।।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाइकबाट खसेर १ जनाको मृत्यु भएको छ ।
कृष्णनगर देखि चन्द्रौटा जाने क्रममा विजयनगर -५ जोगिनियामा बाइकको पछाडि बस्ने वर्ष ३५ का सेवकराम चौधरीको खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
सेवक राम चौधरी कृष्णनगर भन्सार कार्यालय सहयोगी थिए । भारतीय मोटरसाइकलमा सवार २ जना मध्ये चालक कपिलवस्तु बाणगंगा ११ तेतियाका रहेका छन् भने मृतक को घर काठमाडौंमा रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले बताउनु भएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















