अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध
एजेन्सी
अमेरिकाले रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडेन प्रशासनले रुस र चीनले सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो।
कम्पनीका अनुसार प्रविधिको निर्यात र सहयोगका लागि नयाँ इजाजतपत्र लिनुपर्ने छ। न्युयोर्क टाइम्सकाअनुसार अर्को अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का उच्च प्रविधियुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ।
गतहप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले २८० अर्ब अमेरिकी डलरको ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ लागू गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको थिए। यसमा चीनको बढ्दो प्राविधिक प्रभावको सामना गर्न अमेरिकी सेमी कण्डक्टर उत्पादकहरूका लागि ५२ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान समावेश छ।
चीनले सेमीकण्डक्टरका स्थानीय उत्पादकलाई सहयोग गर्ने उद्देश्यले अमेरिकी चिप्ससम्बन्धी नयाँ कानूनको विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























