राष्ट्रिय सभा बैठक : आज पनि नागरिकता विधेयकमाथि छलफल
काठमाडौं : नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको शुक्रबार पनि जारी रहने भएको छ।
राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो।
बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल जारी रहनेभएको हो। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अपराह्न २ ५९ बजे बस्नेगरी बोलाएका छन्।
विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















