अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन
स्याङ्जा – वालिङ बजारमा रहेका टेलिफोन, केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र तार व्यवस्थापन गर्न नगरपालिकाले निर्देशन दिएको छ । सडक तथा बजार नै कुरुप हुने गरी राखिएका इन्टरनेट तथा केबुल तार अबको ३५ दिनभित्रमा व्यवस्थापन नगरे काटिदिने नगरपालिकाका मेयर कृष्ण खाँणले जानकारी दिनुभयो ।
टेलिफोन, केबुल तथा इन्टरनेटका तारहरू अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको स्थायीरूपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको मेयर खाणले जानकारी दिनुभयाे ।
नगरपालिकाभित्र आधा दर्जनभन्दा धेरै इन्टरनेट सेवाप्रदायक, एक केबुल टिभी, नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन रहेका छन् । सबैले जथाभाबी तार राख्दा बजार नै कुरुप भएको र दुर्घटनाको जोखिमसमेत बढेको भन्दै आफूहरू यस्तो कदम चाल्न बाध्य भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा नम्बर १, ६, ८, ९, १० र १३ मा अव्यवस्थित तार धेरै भएको नगरपालिकाले जनाएको छ ।
यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्यनजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको छ ।
a
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















