पछिल्लो ३ घण्टामा गण्डकी प्रदेश क्षेत्रमा ठूलाे वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – पछिल्लो ३ घण्टामा गण्डकी प्रदेश क्षेत्र तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।
ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । बाणगङ्गालगायत आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























