पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै, २१ कार्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदाे तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि कात्तिक २२ गते बुधवार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
कात्तिक २३ गते बिहीवार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । फाइल तस्बिर

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























