कास्की – पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् ।

मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो ।

दाेर्जेमाथि जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद गरी अनुसन्धान भइरहेको छ ।