देशभर ६ सय ५८ जना संक्रमित भेटिँदा एक जनाको मृत्यु
काठमाडौं : सोमबार देशभर ६ सय ५८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६४३ जनामा गरिएको परीक्षणमा ६ सय ५८ जना संक्रमित भेटिएका हुन्।
आज एक जना संक्रमितको मृत्यु भएको छ। यस्तै ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २९६ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमित मध्ये १ जना भेन्टिलेटरमा, ५० जना आइसियूमा, १६२ जना संस्थागत आइसोलेशन र ४ हजार १३४ जना होम आइसोलेशनमा रहेका छन्।
यस्तै हाल काठमाडौंमा २०९१ जना, ललितपुरमा ७१२ जना र भक्तपुरमा ६७ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















