चन्द्रौटा तिज महोत्सवमा आज बद्रि पंगेनी
कपिलवस्तु – कपिलवस्तु चन्द्रौटामा संचालित तिज महोत्सवको चौथो दिन आज आईतबार लोक तथा दोहोरी गयक बद्रि पंगेनी, लोक गायीका संगिता चिउरे, रीता थापा साथमा नृत्य निर्देशक सघं कपिलवस्तुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवको तेस्रो दिन शनिबार हिजो उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन । यस्तै सनिबार १० जना प्रतिश्प्रधिले तिज डान्स आईडलको लागि पहिलो अडिसन दिएको महोत्सव सास्कृतिक संयोजक सुमन पौडेलले जानकारी दिनुभएको छ ।
हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा भदौ १४ गतेसम्म सञ्चालन हुने महोत्समा संस्कृति झल्काउने शिव लिंग र माइती घर, सेल्फी जोन, झुला, वालउध्धान लगायत रमाइलो वाताारण रहेको आयोजकले जनाईएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















