कपिलवस्तु – लोमो समय सम्म अधिवेशन गर्न नसकेको चन्द्रौटा उद्योग बाणिज्य संघले अब भने नयाँ नेतृत्ज पाउने भएको छ । हिजो सोमबार साधारणसभा तथा भवन उद्घाटन सम्पन्न गरेको चन्द्रौटा उद्योग बाणिज्य संघको आज चौथो अधिवेशन हुदै छ । आपनै भवनमा दिउँसो १२ बजेदखि अधिवेशन सुरु हुने संघका महासचिव नारायण भाट क्षेत्रि दमनले जानकारी दिनुभएको छ ।

संघले हिजो उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रशाद शर्माको प्रमुख आतिथ्यता र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्या तथा चन्द्रौटा अध्यक्ष जमसेर अलिमियाको अध्यक्षतामा अधिवेशन सम्पन्न गरेको थियो ।