चन्द्रौटाका अनिस पाण्डेका ५ बर्षिय छोरो अस्बिन पाण्डे नयाँ रियालिटि शो सुपर स्टार नेपालमा आफ्नो प्रस्तुति दिँदै पहिलो चरणमा छनोट समेत भएका छन । आफ्नो नृत्यबाट भुवन केसी,जसिता गुरुङ र स्रेन राई तिनै जनाको मन जितेका छन ।

चन्द्रौटाको डान्स ग्रुप जेडिसीका सिकिरहेका पाण्डेला डान्स शिक्षक बिसाल क्षेत्री र अक्षय थारुले रियालेटि शोमा लिएर गएका थिए । सानो उमेरमै उनको प्रस्तुति प्रति र्जज भुवन केसीले उनको खुलेरै प्रशसां गर्दै सेलेक्ट गरे जर्जको मात्र हैन उनले दर्शकको पनि मन जितेका छन ५ बर्षिय अस्विनले रमाइलो डान्स सँगै मिठो बोली पनि मन जितेका छन ।

जर्ज भुवन केसीले शो माा अहिले सम्मकै सानो उमेरको र उत्कृष्ट प्रर्दशन पनि रहेको भन्दै जिरे खुसार्नी भन्दै प्रशसा गरे जर्जहरुले उनको प्रतिभा हेरे पछि अभिभावक र डान्स शिक्षकलाइ स्टेजमै बोलाएरै प्रशसा गरेका थिए । चन्द्रौटा बाटै मेगा अडिसनमा पुगे पछि डान्स प्रेमीहरु खुशी भएका छन भने जेडिसी डान्स स्टुडियोले आगमी कार्यक्रमको लागि अझ उत्कृष्ठ हुने गरि तयारी गराउने बताएको छ। लामो समय देखी डान्स कक्षा सञ्चालन गरेको जेडिसीले यस क्षेत्रमा नृत्य कलास सञ्चालन गरिरहेको छ।