विजयनगर –  नेपाल आयुर्वेद औषधी व्यवासयीक संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले औषधी व्यवासायीलाई राजश्व तिर्न समेत कठिन भएको बताउनु भएको छ । उहाँले राज्यलाई राजश्व तिर्न समेत काठमाण्डौ सहितका ठूला शहरमा जानुपर्ने वाध्यताले समस्या भएको बताउनु भयो । नेपाल आयुर्वेद औषधी व्यवासयीक संघ कर्णालीको साधारणसभामा कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष गिरीले औषधी व्यवस्था विभागमा नै गएर नविकरण गर्ने बिषय स्थानीय तहबाटै गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार नेपालको जडिवुटि भारतमा जाने फेरी नेपाली कम्पनीमा आउने कानूनी झमेला प्रावधान सामाधान समेत नभएकाले समस्या भएकोमा जोड दिनुभयो । नेपाल आयुर्वेद औषधी व्यवासयीक संघ कर्णालीका अध्यक्ष पूर्ण आचार्यको अध्यक्षतामा सम्पन्न दोस्रो साधारणसभामा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष , प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर रिजाल, नेपाल औषधी व्यवसायिक संघ कर्णालीका अध्यक्ष प्रेम भण्डारी, नेपाल आयुर्वेद औषधी उत्पादक संघका केन्द्रीय सदस्य सदस्य अर्जुन पौडेल ,नेपाल आयुर्वेद अौषधी व्यावसायी संघ केन्द्रीय सदस्य बेदव्यास सुवेदी , नेपाल आयुर्वेद अौषधी व्यावसायी संघका प्रदेश संयोजक कविन्द्र अधिकारी ,यूवा वैज्ञानिक राजेन्द्र बिष्ट सहितका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साधारणसभामा औषधी व्यवसायीहरुले दर्ता र नविकरणका सवाल संघीयतामा पनि स्थानीय तहमा हुन नसक्नु समस्या भएकोमा जोड दिएकाे र औषधी पसल दर्ता तथा नवीकरण स्थानीय तहवाटै गर्न पाउनुपर्ने माग गरेको कपिलवस्तु जिल्ला अध्यक्ष गाेपाल बन्जाडेले जानकारी दिनुभयो ।