सामुदायिक वन दिवशको अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया
कपिलवस्तु ।
सामुदायिक बन दिवश ०७९ को अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सुशासन र समृद्धि , सामुदायिक वनमा उद्यम र उद्यमी भन्ने मुल नाराकासाथ डिभिजन बन कार्यालय कपिलवस्तु गौतमबुद्ध चन्द्रौटाको आयोजनामा सरोकारवालाहरु बिच एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया गरिएको हो ।
उक्त कार्यक्रमको संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिका अन्तरर्गतका बन संरक्षणकालागि नगरपालिकाको समन्वय र हसकार्य हुने बताउनु भयो । बनको संरक्षण गर्न नसके आगामी दिनमा ठुलो समस्या हुने भएको हुँदा बृक्ष रोपण लगाएत बन संरक्षणमा सहकार्य गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो ।

साँझेदारी र सामुदायिक बन तथा नगरपालिकाको समन्वयमा बृक्ष रोपण कार्यलाई बढाउन सक्ने हो भने यस नगरलाई हराभरा बनाउन सकिनेमा जोड दिनु भयो । साथै बन जोगाउनका लागि लागि परेका साँझेदारी तथा सामुदायिक बनका पदाधिकारीहरुलाई मेयर थापाले धन्यवाद दिनु भयो ।
डिभिजन बन कार्यालय , कपिलवस्तु ९गौतमबुद्ध० , चन्द्रौटाका डिभिजनल वन अधिकृत दधिलाल कँडेलले सामुदायिक वन बिकासको ऐतिहासिक पृष्ठभूमिको बिषयमा जानकारी दिनु भएको थियो । यस्तै उहाँले सहभागिहरुको जिज्ञासाहरुको सुझाव दिंदै दिगो बन व्यवस्थापन गर्नकालागि वन सम्बद्र्धन प्रणाली अवलम्वन हुनुपर्नेमा जोड दिनु भयो ।
यसैगरी हालसम्म देशभर करिव २३ हजार सामुदायिक वन उपभोक्ता समूहहरुले २० लाख हेक्टर भन्दा बढी वन क्षेत्र संरक्षण , व्यवस्थापन , बिकास र सदुपयोग गरेको छ , जसबाट करिव २५ लाख घरधुरी लाभान्वित भैरहेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै डिभिजन वन कार्यालय कापिलवस्तु गौतमबुद्धको सन्दर्भमा हालसम्म करिव ९ हजार ४५।२१ हेक्टर राष्ट्रिय वन क्षेत्र ५१ वटा सामुदायिक वन समूहहरुलाई सामुदायिक बनको रुपमा हस्तान्तरण भएको र ११ हजार २ सय ४१ घरधुरी लाभान्वित भएको डिभिजनल वन अधिकृत कँडेलले जानकारी दिनु भयो ।

सो मध्ये १३ वटा सामुदायिक वनहरुमा वन सम्बद्र्धन प्रणालीमा आधारित ÷ वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भएको छ । वनको विनास रोकिएको छ , संस्थागत बिकास र शासकिय सुधार, नेतृत्व बिकास , लैंगिक सन्तुलन , समतामुलक बितरण र सामाजिक समाबेशीकरण लगाएतका उपलब्धिहरुको बारेमा जानकारी दिनु भएको थियो ।
यस्तै बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले बिगतको सरकारले कार्यबिधी २०७१ एक्कासी खारेज गरी काठ दाउरा निकासीमा रोक लगाउँदा आम उपभोक्ताहरुले सास्ती खेप्नु परेको बताउनु भयो । बन क्षेत्रमै करोडौको काठ दाउरा सडे तर मृत्यु पश्चात शवको दाह संस्कार गर्नका लागि समेत दाउरा उपलब्ध गराउन नसकिएको बताउनु भयो । बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघको लामो सर्घष पश्चात लुम्बिनी प्रदेश सरकारले वन ऐन २०७८ र वन नियमावली २०७९ पास भई राजपत्रमा समेत प्रकाशित भएको बताउनु भयो ।

यस्तै कपिलवस्तु साँझेदारी बन व्यवस्थापन समितीका अध्यक्ष गंगेश तिवारीले बिगत २ बर्षदेखि काठ दाउरा निकासीमा सरकारले रोक लगाएपछि आम उपभोक्ता सेवाबाट बञ्चित भएको बताउनु भयो । उपभोक्ताहरुले आवश्यक अनुसार सेवा त पाएनन नै मृत्यु पश्चात शव जलाउनकालागि समेत दाउरा नपाउनु दुखको कुरा भएको बताउनु भयो ।
बैज्ञनिक बन व्यवस्थापनकालागि संगठनको लामो समयसम्मको संघर्ष जारी रह्रयो त्यसमा पनि बिभिन्न भातृ संगठनहरुको साथ सहयोग रहेको बताउनु भयो । बन व्यवस्थापनका लागि संघिय सरकार र प्रदेश सरकारले नयाँ कानुन ल्याएको छ केही बिषयहरु बाँझिएको भए पनि त्यो सुधार भएर आउने बिश्वास गर्दै दिगो बन व्यवस्थापन स्वागत योग्य भएको अध्यक्ष तिवारीले बताउनु भयो ।

सामुदायिक उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले बन संरक्षणकालागि बिभिन्न निकायहरुसंग समन्वय सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । शुसासनको बिषयमा सबैले ध्यान दिन आबश्यक भएको उहाँको भनाइृ छ ।
यस्तै संचारिका समूह कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यले बन तथा वातावरण संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएको बताउनु भयो । बैज्ञानिक बन व्यवस्थापनमा सरकारले रोक लगाए पछि संगठनले बैज्ञानिक बन व्यवस्थापन फिर्ता ल्याउन जिल्ला देखि केन्द्र सम्म गरेका बिभिन्न संघर्षहरुको समाचार संम्प्रेषण गर्दै आएको बताउँदै आगामी दिनमा समेत समन्वय सहकार्य रहने प्रतिबद्धता जनाउनु भयो । बैज्ञानिक वन व्यवस्थापनले वनको गुणस्तरमा बृद्धि हुनुका साथै सो बाट काठ , दाउराको सही व्यवस्थापनले गर्दा स्थानिय स्तरमा उपभोक्ताहरुलाई रोजगारको व्यवस्था हुनु सवल पक्ष भएको बताउनु भयो ।
कार्यक्रम सहायक वन अधिकृत गणेश चौधरीको स्वागत तथा कार्यक्रम संयोजक गणेश पुरीको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं। ३ का वडा अध्यक्ष , बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघको केन्द्रिय सदस्य , शिवराज साँझेदारी वनका अध्यक्ष जगदम्बा प्रसाद चौधरी , सुरक्षाकर्मी , संचारकर्मीहरु , उपभोक्ताहरु लगाएतको


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















