आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो वर्षाको सम्भावना छैन, सतर्कता भने अपनाऔँ : मौसमविद्
काठमाण्डाै – आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । अब आज रातिदेखि पर्सि दिउँसोसम्म भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
मनसुनी न्यून चापीय प्रणाली भारतर्फ सरेकाले आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो पानी पर्ने उहाँले बताउनु भएको हो । तर, त्यसपछि भने फेरि ठूलो वर्षाको सम्भावना छ । यस्तै, हल्कादेखि मध्यम वर्षा भए पनि पहिरोको जोखिम रहेकाले सर्तक रहन मौसमविद्को आग्रह छ ।
साना नदी तथा खोलामा बाढी, पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























