बालश्रम रहित इटा उद्योग लाई सम्मान
दलित मानव अधिकार निगरानी समितिले बालश्रम रहित इटा उद्योग लाई सम्मान गरेको छ । शिवराज नगरपालिकामा रहेका ४ ओटा उद्योगका सचालकलाई सम्मान पत्रले सम्मान गरिएको हो । स्टार इटा उद्योग,जनता इटा उद्योग, डियमसि इटा उद्योग र मनिस इटा उद्योगलाई सम्मान गरिएको हो । बाल अधिकार नागरिक संजालका अध्यक्ष विष्णु खतिवडाले इट्टा उद्योगमा बालश्रम रहित बनाउन उद्योगिहरुले सहयोग गरेको बताउनुभयो ।
कतिपय उद्योगमा अझै पनि केहि बालवालिकाहरु काममा रहेकोले ती उद्योगहरुलाई बालश्रम रहित बनाउनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका तथा दलित मानव अधिकार निगरानी समितिले उद्योगमा कार्यरत वालवालिकाहरुको लागि कक्षा संचालन गरिरहेकोले यसले वालश्रम मुक्त बनाउन सहयोग पुग्ने बताउनुभयो । सम्मान कार्यक्रमले उद्योगिहरुलाई सचेत गराउने भन्दै सबै उद्योगिलाई सचेत गराउँदै बालश्रम मुक्त उद्योग बनाउनुपर्नेमा जोड दिनुभयो ।
वाहिरि मुलकका पनि बालवालिकाहरु कार्यरत रहेकोले उनीहरुलाई अनौपचारिक कक्षा संचालन गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो । बुवाआमा सगै काम गर्ने बालवालिकाहरु शिक्षावाट बन्चित रहेकोले उनीहरुलाई उद्योगहरुको सहयोगमा कक्षा संचालन हुदा अहिले सबै वालवालिकाहरु सहभागि भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























