नेपाल टस जितेर बलिङ गर्दै
काठमाण्डाै – जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेकाे हाे ।
यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे ।
टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बावे ‘ए’ सँग शृङ्खला खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























