काठमाडौँ- गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपी नियुक्त गर्न प्रस्ताव गरेको छ ।

स्रोतका अनुसार गृहले पोखरेलको नाम अघि सारेको हो । वरीयतामा पोखरेल अगाडि रहेकाले उनैलाई अगाडि सारिएको गृह स्रोतले जनाएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्नेछ ।