अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।
काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।
१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।
तस्बिर : बैङ्कक पाेस्ट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























